दफा २८
आवश्यक जनशक्ति र साधन नजुटाई औषधिको उत्पादन, बिक्री–वितरण,डिस्पेन्सिङ्ग वा सञ्चय गर्न नहुने
कुनै औषधिको उत्पादन, बिक्री–वितरण,डिस्पेन्सिङ्ग, सञ्चय वा निकासी–पैठारी गर्नको लागि त्यस्तो कामसित सम्बन्धित तोकिए बमोजिमको जनशक्ति तथा अन्य आवश्यक साधन पर्याप्त मात्रामा नजुटाई त्यस्तो औषधिको उत्पादन, बिक्री–वितरण, डिस्पेन्सिङ्ग, सञ्चय वा निकासी पैठारी गर्न हुँदैन ।